संखुवासभा सामूहिक हत्याकाण्ड : छिमेकी पक्राउ

नेपालभ्युज

संखुवासभा सामूहिक हत्याकाण्ड : छिमेकी पक्राउ
फाइल तस्वीर

संखुवासभा। संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एकै परिवारका ६ जनाको अत्या गरेको आरोपमा छिमेकी पक्राउ परेका हुन्।

हत्यामा संलग्न भएको आरोपमा मादी-१ उम्लिङ खोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

गत सोमबार मादी-१ उम्लिङ खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लगायतको टोली घटनास्थल पुगेको थियो ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति कार्की परिवारकै आफन्त भएको संखुवासभाका प्रहरी प्रमुख सुवेदीले जानकारी दिए । आइतबार पत्रकार सम्मेलन गरेर पूरा विवरण जानकारी गराइने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभा हत्या प्रकरण : बाँचेका वृद्धले पनि होस गुमाए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved