रोहित पाैडेलको उत्कृष्ट ब्याटिङ, पीएनजीसामु २३४ रनको लक्ष्य

करन केसीको विष्फोटक ब्याटिङ

नेपालभ्युज

रोहित पाैडेलको उत्कृष्ट ब्याटिङ, पीएनजीसामु २३४ रनको लक्ष्य
फाइल फोटो

काठमाडौं । रोहित पाैडेलको सर्वाधिक ८६ रनको योगदानसँगै नेपालले पुपुवा न्युगिनी (पीएनजी) लाई २ सय ३४ रनको टार्गेट दिएको छ।

नेपालले ४९.३ ओभरमा पूरै विकेट गुमाएर  २ सय ३३ रन बनाउन सक्यो। शुक्रबार ओमानको मस्कटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ रोजेका थिए।

नेपालले   विकेटको क्षतिमा रन बनाएको हो। ओपनर कुशल भुर्तेल र आशिफ शेखलाई सस्तैमा गुमाएको नेपालको शुरुआती पारी धर्मराइसकेको अवस्था थियो। तर कप्तान ज्ञानेन्द्र र रोहितले इनिङ उकासे। मल्लले ७० बलमा ४५ रन बनाउँदा रोहितले १२३ बलमा ८६ रन बनाए।

नेपालका अन्य ब्याटसम्यानले भने अपेक्षित प्रदर्शन गर्न सकेनन्। विनोद भण्डारी ३६ बलमा १७ रन बनाएर रनआउट भए भने कुशल मल्ल जम्मा एक रन बनाएर क्याच आउट भए। करन केसीले भने विष्फोटक ब्याटिङ गर्ने क्रममा २६ बलमा ४२ रन बनाए पनि विक्रम शोबले जम्मा एक रन मात्र बनाए।

बलर सोमपाल कामीले ११ रन बनाउन सके। पीएनजीका काबु मोरियाले २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved