प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसीकी उपाध्यक्ष फतेमा सुमारबीच भेटवार्ता भएको छ। नेपाल आएसँगै राजनीतिक भेटघाटलाई तीव्रता दिएकी सुमारले प्रधानमन्त्री देउवालाई आएको दोस्रो दिन भेट दिएकी हुन्।

एमसीसी परियोजना स्वीकृत गर्ने/नगर्ने विषयमा विवाद भइरहेका बेला उनी नेपालको एमसीसीको धारणा बुझ्न र सके एमसीसी पारित गराउन नेपाल आएकी हुन्। उनले यसअघि आएकै दिन(हिजो) शुरुमा पूर्वप्रधानमन्त्री, विपक्षी दलका नेता नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेटेकी थिइन् भने हिजै अर्का पूर्वप्रधानमन्त्री र उपेन्द्र यादवसँग भेट गरेकी थिइन्।

सुमारसँगको भेटमा एमसीसीको प्रभाव र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरूसहित नेपाल-अमेरिका सहयोगबारे छलफल भएको प्रधानमन्त्री देउवाले ट्विटरमार्फत जानकारी दिएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved