भूकम्प प्रभावितलाई सहयोग

नेपालभ्युज

भूकम्प प्रभावितलाई सहयोग

काठमाडौं। भूकम्पले घरवार विहीन भएका परिवारलाई नगरपालिका र अन्य सरोकारवालाले खाद्यान्न सहयोग गरेका छन्। भक्तपुर नगरपालिका–२ लिवालीको खुला क्षेत्रमा बसोबास गर्ने ३० परिवारलाई खाद्यान्न र अन्य सामग्री उपलब्ध गराइएको हो।

वडा कार्यालय, गैर सरकारी संस्था गुथी र भत्सल इम्पेक्सले एक महिनालाई पुग्ने दाल, चामल, तेल, चना, चिनी, चिउरा, दालमोट, नुनलगायत दैनिक उपभोग्य वस्तु प्रदान गरेका हुन्। भत्सलले खाद्यान्न खरिद गर्न आर्थिक सहयोग उपलब्ध गराएको हो। भूकम्प गएको ६ वर्ष सम्मपछि पनि लिवालीमा अस्थायी जस्ता पाताका टहरामा बसोबास गर्ने करिब डेढ सय व्यक्ति छन्।

यहाँ आश्रय लिने अधिकांश भक्तपुरका भित्री शहरका स्थानीय हुन्। अधिकांश दैनिक ज्यालादारी र खेतीपातीमा निर्भर छन्। आफ्नो लालपुर्जाले नभएकाले अर्काको जग्गामा खेती गर्छन्। कोरोना संक्रमणले उनीहरुको आर्थिकस्तर कमजोर भएकाले खाद्यान्न सहयोग गरिएको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले बताए। यहाँ अस्थायी बसोबास गर्ने परिवारका बालबालिकाको शैक्षिक गुणस्तर सुधार्ने विकल्प खोजी भइरहेको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved