एमालेको विरोधका बीच राष्ट्रियसभामा पनि पेस भयो अध्यादेश

शुक्रबारको बैठकमा विरोधकै बीच राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेस गर्न समय दिएका थिए।

नेपालभ्युज

एमालेको विरोधका बीच राष्ट्रियसभामा पनि पेस भयो अध्यादेश
फाइल तस्वीर

काठमाडौं। संघीय संसद अन्तर्गतको राष्ट्रियसभामा नेकपा एमालेको विरोधकै बीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेस भएको छ । यसअघि प्रतिनिधिसभामा पेस भएकाे अध्यादेश राष्ट्रियसभामा पनि पेस भएकाे हाे।

शुक्रबारको बैठकमा विरोधकै बीच राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेस गर्न समय दिएका थिए। त्यसअघि, बैठक शुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए ।

राष्ट्रियसभाका एमाले सांसद देवेन्द्र दाहालले परमादेशी सरकारले अध्यादेश ल्याएर दल र एमालेलाई कमजोर बनाउन खोजेको आरोप लगाए। उनले सभामुखले भूमिका खेल्न नसकेकाले विरोध गर्नुपरेको धारणा राखे।

बैठकले महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक प्रस्ताव पास गरेको छ । राष्ट्रियसभाको अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved