पीएनजीसँग दोस्रो एकदिवसीय खेल्दै नेपाल

नेपाल भ्युज

पीएनजीसँग दोस्रो एकदिवसीय खेल्दै नेपाल

काठमाडौं। ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनीसँग दोस्रो एकदिवसीय खेल खेल्दैछ। ट्राई नेसन ओडीआई सिरिजको तयारीका लागि ओमानमा रहेको नेपालीले टोलीले पीएनजीसँग खेल्न लागेको हो।

नेपालले पीएनजीसँग दुई खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेल आज खेल्न लागेको हो। अमिरात क्रिकेट मैदानमा दिउँसो सवा ४ बजे खेल्दैछ। यसअघि, गत मंगलबार भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो।

पीएनजीमाथि संघर्षपूर्ण जित हात पार्ने क्रममा नेपाल ६३ बल बाँकी छँदै २ विकेटले विजयी भएको हो। नेपालले ३९ दशमलव ३ ओभरको क्षतिमा लक्ष्य भेट्टाएको थियो। ओमानको अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले ३३ ओभरमा १ सय ३४ रन बनाएको थियो।

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिएको खेलमा पीएनजी सस्तैमा समेटियो। पीएनजीका लेगा सिएकाले ३० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले गतिलो अंक बटुल्न सकेनन्। चार्लिस अमिनी २३ तथा गउडी टोकाले २२ रन बटुले। त्यस्तै विकेटकिपर ब्याट्सम्यान किप्लिन डोरिगाले १५ तथा चाड सोपरले अविजित १७ बनाउन सके।

त्यस्तै नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए। उनले यस क्रममा ६५ बल खेले। आशिफ शेखले ३० बलमा ४६ रनको योगदान दिए। कुशल भुर्तेलले १५ बलमा २८ रन बनाए। त्यस्तै ज्ञानेन्द्र मल्ल २०, शरद भेषवाकर २२ र आरिफ शेखले १९ रन बनाए। सोमपाल कामी र विक्रम शोब नट आउट रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved