एमसीसी उपाध्यक्ष-नेता नेपालबीच भेट

नेपालभ्युज

एमसीसी उपाध्यक्ष-नेता नेपालबीच भेट

काठमाडौं। नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतेमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेकी छिन्।

बिहीबार साँझ भएको भेटमा उनले एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह गरेकी छिन्। भेटवार्ता एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको हो।

प्रतिउत्तरमा नेता नेपालले एमसीसीबारे सत्तारुढ दलबीच साझा धारणा बनाउन छलफल भइरहेको बताए छन्। प्रचलित कानुनअनुसार सरकार अघि बढ्ने उनको भनाइ थियो। भेटमा नेकपा एसका अध्यक्ष नेपालसहित प्रमेश हमाल र गंगालाल तुलाधर लगायतको टोली संलग्न थियो।

बिहीबार बिहान नेपाल आएकी उपाध्यक्ष सुमारले दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन्। सुमार नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा लगायत अन्य दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved