एमसीसीको विरोध गरिरहेका दुई विद्यार्थी चिया पसलबाट पक्राउ

नेपालभ्युज

काठमाडौं। एमसीसीको विरोधमा विभिन्न आन्दोलनमा सहभागी दुई विद्यार्थीलाई प्रहरीले चिया पसलबाट पक्राउ गरेको छ।

एमसीसीको विरोधमा विभिन्न प्रदर्शनीमा सहभागी नीर्घ नवीन, कुमार खतिवडालगायत पाँच जना विद्यार्थीलाई थापाथलीमा चिया पिउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

यसअघि बुधबार उन्मुक्त पुस्ता, एमसिसी विरोधी राष्ट्रिय अभियानसहित चार संगठनले गरेको प्रदर्शनबाट प्रहरीले विमल रोकया, सुजन रम्तेल, दीपक बिसी, सन्देश गिरी र टेकम बिसीलाई पक्राउ गरेको थियो। उनीहरूलाई प्रहरीले अहिलेसम्म रिहा गरेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved