अध्यादेश बजेट प्रतिस्थापन गर्दै सरकार

शुक्रबार संसद्मा विधेयक पेस गर्ने

अर्थ मन्त्रालयले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरि गत असार १५ गते अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न लागेको हो।

नेपाल भ्यूज

अध्यादेश बजेट प्रतिस्थापन गर्दै सरकार

काठमाडौँ। अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापनका लागि सरकारले तयारी बढाएको छ। अर्थ मन्त्रालयले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरि गत १५ असार मा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न लागेको हो।

अर्थमन्त्री जनार्दन शर्माले भदौ पहिलो साता विभिन्न मन्त्रालयका सचिवलाई बोलाएर बजेट प्रतिस्थापनका लागि उत्पादनमुखी कार्यक्रमहरू समावेश गरेर पठाउन निर्देशन दिएका थिए।

गत साता सबै मन्त्रालयले प्रतिस्थापन बजेटका लागि कार्यक्रमहरू समावेश गरेर अर्थमा पठाएकोमा सोहीअनुसार शुक्रबार प्रतिनिधि सभामा बजेट प्रतिस्थापन विधेयक पेश गर्न लागिएको अर्थका प्रवक्ता महेश आचार्यले बताए।

उनका अनुसार अर्थले बुधबार नै संसद्मा विधेयक पेश गर्ने तयारी गरेको थियो। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि दुई पटकको स्थगनपछि सभामुख अग्निप्रसाद सापकोटाले दलसम्बन्धी अध्यादेश पेश गरेर शुक्रबारका लागि अर्को बैठक डाकेका थिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved