फतेमा सुमारकाे नेपाल भ्रमण

एमसीसी उपाध्यक्ष फतेमाको पहिलो भेट ओलीसँग !

सुमारले प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पहिले ओलीलाई भेटेर औपचारिक भेटघाटको शुरुवात गर्न लागेकी हुन्।

नेपालभ्युज

एमसीसी उपाध्यक्ष फतेमाको पहिलो भेट ओलीसँग !
नेपाल भ्रमणका क्रममा एमसीसी उपाध्यक्ष फातेमा सुमार

काठमाडौं। चारदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी एमसीसी उपाध्यक्ष फतेमा सुमार र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट तय भएको छ।

ओलीलाई भेटेर सुमारले राजनीतिक भेटको शुरुवात गर्ने भएकी छन्। सुमारले प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पहिले ओलीलाई भेटेर औपचारिक भेटघाटको शुरुवात गर्न लागेकी हुन्।

बिहीबार दिउँसो २ बजे ओलीको निवास बालकोटमा सुमार र ओलीबीच भेट तय भएको ओलीको सचिवालयले जनाएको छ।

भेटमा सुमारसँग सहायक उपाध्यक्ष जोनाथन ब्रोक्ससहित भ्रमण टोलीका सदस्य तथा नेपालस्थित एमसिए नेपालका प्रतिनिधिहरु रहने बताइएको छ।

एमाले अध्यक्ष ओलीसँग एमालेका नेताहरु रहने उनको सचिवालयले जनाएको छ। उक्त सामूहिक भेटमा सुमारको टोली र एमाले टोलीबीच एमसीसीको सन्दर्भमा विभिन्न कोणबाट छलफल हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved