एमसीसी उपाध्यक्ष फतेमा सुमार आउँदै

नेपाल भ्युज

एमसीसी उपाध्यक्ष फतेमा सुमार आउँदै

काठमाडौं। एमसीसी उपाध्यक्ष फतेमा सुमार काठमाडौं आउँदै छिन्। उपाध्यक्ष सुमार बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ आइपुग्ने भएकी हुन्।

नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर दलहरु पक्ष विपक्षमा बहसमा उत्रिएको समयमा सुमारको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

उपाध्यक्ष सुमारले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाललाई भेट्ने औपचारिक रुपमा तय भएको छ।

सँगसँगै सुमारले सत्तारुढ तथा विपक्षी दलका नेताहरुलाई पनि भट्ने बताइएको छ। सुमार नेपाल आउने भएसँगै अमेरिकी राजदूतावासले केही नेतासँग समयसमेत लिइसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved