सदनमा एमालेको अवरोध जारी

नेपालभ्युज

सदनमा एमालेको अवरोध जारी
फाइल तस्वीर

काठमाडौं। प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो दिनको दोस्रो बैठक पनि अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले विरोध गरेपछि बैठक चल्न नसकेको हो।

१५ मिनेटको लागि स्थगित भएको बैठक शुरु भएपछि फेरि अवरुद्ध भएको हो । सांसदहरूको विरोधका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्ने कोसिस गरेका थिए । तर सांसदहरूले नाराबाजी रोकेका छैनन् ।

यसअघि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको थियो। एमालेले कारबाही गरेका सांसदको पद कायम गरेर बैठकमा उपस्थिति दिइएको भन्दै एमलोले सदन अवरुद्ध गरेको हो।

प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठक प्रारम्भ भएपछि राष्ट्रपतिबाट प्राप्त भएको अधिवेशन आह्वानको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाए । त्यसपछि नवौँ अधिवेशनमा उपस्थित सांसदलाई स्वागत गर्ने क्रममा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले उठेर बिरोध जनाएका थिए ।

बैठकको सुरुवातमै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सम्बोधन गर्दै एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटा लागेको र उक्त विषयमा उचित जवाफ नआए संसद चल्न नदिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved