एमालेद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध

नेपालभ्युज

एमालेद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठकपनि अवरुद्ध गरेको छ।

संघीय संसद भवन नयाँबानेश्वरमा बसेको बैठकमा एमाले राष्ट्रियसभा सदस्यहरुले पार्टीले कारबाही गरेका १४ सांसदमाथिको कारबाही नभएको भन्दै उठेर बिरोध जनाएका थिए।

बैठकमा एमाले राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले सभामुखले वकिल र सभामुखको भूमिका निर्वाह गर्न खोजेको आरोप लगाए।

सभामुख सापकोटाले पदको गरिमा राख्न नसकेको उनले बताए। उनले सभामुखले आफ्नो गतिविधि नसच्चाएसम्म बैठक चल्न नसक्ने बताए।

एमाले सदस्यहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको विषयलाई त्यहीँबाटै निरुपण गर्नुपर्ने भन्दै बस्न आग्रह गरेका थिए। तर, एमाले सदस्यहरुले नमानेपछि बैठक ३० मिनेटका लागि रोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved