महिला तथा पुरुष फ्रेन्चाइज भलिबल हुने

नेपाल भलिबल संघसँग १० वर्षको सम्झौता

नेपालभ्युज

महिला तथा पुरुष फ्रेन्चाइज भलिबल हुने

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजना हुने भएको छ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनीले मंगलबार पत्रकार सम्मेलन गर्दै एनएसएल महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको घोषणा गरेको छ।

लिगका लागि इभेन्ट्स कम्पनीले नेपाल भलिबल संघसँग १० वर्षको सम्झौतासमेत गरेको छ। सम्झौता पत्रमा संघका उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे।

सम्झौतासँगै प्रतियोगिताका लागि संघले प्राविधिक सहयोग गर्नेछ भने व्यवस्थापन र लागत खर्च इभेन्ट्स कम्पनीले बेहोर्नेछ। पहिलो संस्करणको प्रतियोगिता नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म गर्ने लक्ष्य राखिएको एनएसएलले जनाएको छ।

दोस्रो संस्करणबाट होम एण्ड अवेको आधारमा विभिन्न शहरमा खेलाइने बताइएको छ। सम्झौतापछि एनएसएलका अध्यक्ष चौधरीले भलिबल खेल र खेलाडीलाई व्यवसायिक बनाउन भूमिका खेल्ने बताइन्।

महिला र पुरुष भलिबल खेल र खेलाडीलाई व्यावसायिक बनाउन भूमिका खेल्ने उनको भनाइ छ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले भलिबल लिगबाट राष्ट्रिय टिममा समावेश हुनका लागि मौका हुने बताए। उनले खेललाई व्यावसायिक रूपमा लैजान लिगले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गरेको थियो। एनएसएलको समापन समारोहमा भलिबलको फ्रेन्चाइजको घोषणा गर्ने तयारी थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved