फ्रान्सको सहज जित, टर्कीमाथि नेदरल्याण्ड्सको आधा दर्जन गोल

बार्सिलोनाका नवस्टार डिफाएको ह्याट्रिक

नेपालभ्युज

फ्रान्सको सहज जित, टर्कीमाथि नेदरल्याण्ड्सको आधा दर्जन गोल

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्तग गएराति युरोपेली छनोटअन्तर्गत १३ वटा खेलहरू भएका छन्। समूह ‘डी’ ‘जी’ र ‘एच’ मा रहेका देशहरूले प्रतिस्पर्धा गरेका थिए।

जसअन्तर्गत एन्टोनी ग्रिजमानको दुई गोल मद्दतमा फ्रान्सले फिनल्याण्डमाथि सहज जित निकालेको छ। फ्रान्सलाई जिताउन ग्रिजमानले २५ र ५३ मिनेटमा गोल गरे।

त्यस्तै राति नै भएको खेलमा क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगलले अजरबैजानलाई ३-० ले हरायो। पोर्चुगलका लागि बर्नान्डो सिल्भा, आन्द्रे सिल्भा र डिएगो जोटाले एक/एक गोल गरे।

पहिलो हाफको अन्त्यमा रातो कार्ड खाएर १० खेलाडीमा सीमित बनेको टर्कीमाथि नेदरल्याण्डस्ले गोल वर्षा गर्‍यो। खेलको शुरु मिनेटमै अग्रता लिएको नेदरल्याण्डसका लागि बार्सिलोनाका नयाँ स्टार मेम्फिस डिफाएले ह्याट्रिक पूरा गरे। उनले १६, ३८ र ५४ मिनेटमा गोल गरे।

डिफाएले नेदरल्याण्ड्सका लागि जोहान क्रुइफको गोल कीर्तिमान पनि बराबरी गरेका छन्। उनले राष्ट्रिय जर्सीमा ३३ गोल गर्न सफल भए। ८० र ९० मिनेटमा थप दुई गोल खाएको टर्कीले अतिरिक्त समयमा एक गोल फर्कायो। समग्रमा नेदरल्याण्डस् ६-१ ले विजयी भयो।

त्यस्तै गएराति नै भएको अन्य खेलहरूमा डेनमार्कले इजरायललाई ५-०, क्रोएसियाले स्लोभेनियालाई ३-० ले हराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved