एमसीसीबारे गलत हल्ला फैलाइयो – प्रधानमन्त्री देउवा

नेपालभ्युज

एमसीसीबारे गलत हल्ला फैलाइयो – प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे जनमानसमा गलत हल्ला फैलाइएको बताएका छन्।

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा उनले एमसीसीबारे गलत हल्ला फैलाइएकोले त्यस भ्रमलाई चिर्न नेपाली कांग्रेसका सांसदलाई निर्देशन दिए।

“हामीले अमेरिकाबाट देश विकासमा अनुदानका लागि एमसीसी सम्झौता गरेका हौं,” उनले भने, “यो विकासका लागि दिइएको अनुदान हो। यसमा धेरै राजनीति गर्न खोजियो। त्यो आवश्यक छैन।”

कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने बताएका छन्। उनले नेपालको विकासका लागि एमसीसी अहिले एकाएक नभई निश्चित कानुनी प्रक्रिया पूरा गरेर सम्झौता गरिएको जानकारी दिए।

उनले एमसीसी पारित गर्नका लागि सत्तारुढ र विपक्षीदलसँग छलफलसमेत गर्ने बताए। बैठकमा प्रधानमन्त्री र कांग्रेस सांसदबीच एमसीसीबारे सवालजवाफसमेत भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved