लुम्बिनीका ७१ स्थानीय जनप्रतिनिधि नेकपा (एस)मा

समाजवादी रोज्नेमा सबैभन्दा धेरै दाङका स्थानीय जनप्रतिनिधि छन् भने गुल्मीबाट कसैले पनि नयाँ पार्टीमा जाने जाँगर गरेनन्।

नेपालभ्युज

लुम्बिनीका ७१ स्थानीय जनप्रतिनिधि नेकपा (एस)मा
फाइल तस्वीर

बुटवल। लुम्बिनी प्रदेशमा ७१ जना स्थानीय जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।

दल विभाजनसम्बन्धी अध्यादेशअनुसार नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी रोज्ने समय मंगलबार सकिएपछि प्रदेश निर्वाचन आयोगले यस्तो तथ्यांक दिएको हो।

समाजवादी रोज्नेमा सबैभन्दा धेरै दाङका स्थानीय जनप्रतिनिधि छन् भने गुल्मीबाट कसैले पनि नयाँ पार्टीमा जाने जाँगर गरेनन्।

प्रदेशका एक सय ९ स्थानीय तहमा रहेका जनप्रतिनिधिमध्ये ७१ जनाले मात्रै समाजवादीमा सनाखत गरेका हुन्। लुम्बिनीबाट केन्द्रमा प्रभाव राख्ने विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, गोकर्ण विष्टलगायत नेताहरू एमालेमै रहेका कारण जनप्रतिनिधिहरूमा समाजवादीतिर जाने उत्साह नदेखिएको हो।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेबाहेक रुपन्देहीमा अरू तहका नेतृत्वमा रहेका जनप्रतिनिधिले एमाले छाडेनन्।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीलाई समेत माधव नेपालनिकट मानिएकोमा उनीहरू केही समयअघिदेखि नै केपी ओली नेतृत्वको एमालेमा सक्रिय देखिएका थिए।

रुपन्देहीका स्थानीय तहका केही वडाध्यक्ष र सदस्यहरू समेत माधव नेपाल पक्षमा खुलेका भए पनि दल रोज्ने समयमा भने नेपालको साथ छाडेका छन्।

लुम्बिनीका कति जनप्रतिनिधि एकीकृत समाजवादीतिर ?

दाङ  २१
बाँके  ११
रुपन्देही  ७
बर्दिया  ६
रुकुम पूर्व  ५
रोल्पा  ५
अर्घाखाँची  ६
प्युठान  ७
गुल्मी  ०
पाल्पा १
नवलपरासी (पश्चिम) १
कपिलवस्तु १


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved