पीएनजीविरुद्ध नेपाल

एकदिवसीय अन्तर्राष्ट्रियमा कुशल, आशिफ र विक्रमको डेब्यू

नेपालभ्युज

एकदिवसीय अन्तर्राष्ट्रियमा कुशल, आशिफ र विक्रमको डेब्यू
फाइल तस्वीर

काठमाडौं। नेपालका तीन खेलाडीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा डेब्यू गरेका छन्। कुवेतको अमिरात क्रिकेट मैदानमा पीएनजीविरुद्ध खेल्दै उनीहरुले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका हुन्।

पीएनजीसँगको आजको एकदिवसीय (ओडीआई) खेलबाट आसिफ शेख, कुशल भुर्तेल र बिक्रम सोबले डब्यू गरेका हुन्।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय टिम अहिले ओमानमा छ। यसअघि पीएनजीसँग अभ्यास स्वरुप २ एकदिवसीय खेल खेल्ने कार्यक्रमअनुसार आज नेपाल पीएनजीसँग पहिलो खेल खेल्दैछ।

नेपाली क्रिकेट टिमका दुई नयाँ ओपनर आसिफ शेख, कुशल भुर्तेलले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन्। पछिल्लो समय अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट खेलमा ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले उत्कृष्ठ खेल खेलेका कारण एकदिवसीय टिममा ठाउँ पाएका हुन्।

त्यसैगरी तीव्र गतिका बलर विक्रम सोबले टिममा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन्। नेपाली क्रिकेटमा नयाँ पुस्ता हस्तान्तरण भइरहेका बेला टिममा युवा खेलाडीको बाहुल्यता छ। अनुभवी करण के.सी. र विनोद भण्डारी आज टिममा छैनन्। पारस खड्काको सन्यासपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय मान्यता पाए यता खेलेका १० खेलमा नेपालले समान ५ जित र ५ हार भोगेको छ। पीएनजीसँग यसअघिका चार एकदिवसीय खेलमा नेपालले एक मात्र जित निकालेको छ।

आईसीसीको एकदिवसीय मान्यता पाएपछि भने पीएनजीसँग नेपालको यो पहिलो खेल हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved