ओमानमा पीएनजीसँग भिड्दै नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि ओमानमा रहेको नेपाली टिमले सिरिजअघि पीएनजीसँग खेल्न लागेको हो।

नेपालभ्युज

ओमानमा पीएनजीसँग भिड्दै नेपाल

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्यूगिनी (पीएनजी)को सामना गर्दैछ। ओमानको अमिरात क्रिकेट मैदानमा नेपालले आज पीएनजीको सामना गर्न लागेको हो।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि ओमानमा रहेको नेपाली टिमले सिरिजअघि पीएनजीसँग खेल्न लागेको हो।

दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो। नेपाल र पीएनजीबीचको खेल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ। दोस्रो खेल भने आगामी शुक्रबार हुनेछ।

यसअघि, एकदिवसीय फर्म्याटमा ४ खेल खेलेको भए पनि नेपालले पीएनजीसँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। अहिलेसम्मको तथ्यांक हेर्दा नेपालले एकदिवसीयको ४ भेटमा पीएनजीमाथि एक मात्र जित निकालेको छ।

सन् २००५ मा पहिलो भेट हुँदा नेपाल पीएनजीसँग ७० रनले पराजित भएको थियो। त्यसपछि सन् २०१५ मा नेपाल र पीएनजीबीच दुई खेल भए। ती दुवै खेलमा नेपाल पराजित भएको थियो।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईमा नेपालले पीएनजीविरुद्ध दुई खेल खेलेको थियो। पहिलो खेलमा नेपाल २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो।

त्यसपछि नेपाल र पीएनजी सन् २०१८ मा फेरि भिडेका थिए। उक्त भेटमा भने नेपाल विजयी भएको थियो। जिम्बावेमा भएको विश्वकप छनोटको खेलमा नेपालले पीएनजीमाथि ६ विकेटको जित निकालेको थियो।

नेपालले १९ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। नेपालले पछिल्लो पटक लिग-२ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा त्रिवि क्रिकेट मैदानमा खेलेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved