पहिरोले घर पुरिँदा दुईको मृत्यु

नेपालभ्युज

रोल्पा। रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका-१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पहिरोमा परेर ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् । वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने दुई घरमा सामान्य क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

यसैगरी सुनिल स्मृति गाउँपालिका-४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको सनलाइट बोडिङ स्कुलको बस फगाम खोलाले बगाएको छ । मर्मतका लागि राखिएको सो बस बाढीले बगाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved