भाषा आयोगले प्रधानमन्त्री देउवालाई बुझायो प्रतिवेदन

नेपालभ्युज

भाषा आयोगले प्रधानमन्त्री देउवालाई बुझायो प्रतिवेदन

काठमाडौं। भाषा आयोगले सरकारी कामकाजको भाषासम्बन्धी प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएका हुन्। अवस्थीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रतिवेदन बुझाएका हुन्।

आयोगले सरकारी कामकाजको भाषा निर्धारण गर्नका लागि सिफारिससहितको प्रतिवेदन तयार गरेको थियो। आयोगले सरकारी कामकाजको भाषाका आधारहरुको निर्धारण तथा भाषासम्बन्धी सिफारिसहरु समेटिएको प्रतिवेदन सरकारलाई बुझाएको हो।

आयोगका अध्यक्ष डा. अवस्थीले आयोगले तयार गरेको सरकारी कामकाजको भाषाका आधारहरूको निर्धारण तथा भाषासम्बन्धी सिफारिसहरू (पञ्चवर्षीय प्रतिवेदन) २०७८ बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई बुझाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved