उपत्यकामा १२१ मिलिलिटरसम्म वर्षा, भोलिदेखि मौसम सुध्रने

पछिल्लो २४ घण्टामा भक्तपुरको नगरकोट १२१ मिलिमिटर, नुवाकोटको ककनीमा ६२ मिलिलिटर, काठमाडौंको सुन्दरीजलमा ८५ मिलिलिटर, बबरमहलमा ७८ मिलिलिटर र बुढानिलकण्ठमा पनि ७८ मिलिलिटर वर्षा मापन गरिएको छ।

नेपालभ्युज

उपत्यकामा १२१ मिलिलिटरसम्म वर्षा, भोलिदेखि मौसम सुध्रने

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १२१ मिलिलिटरसम्म वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको नगरकोटमा १२१ मिलिलिटर वर्षा मापन गरिएको हो।

मौसमविद् मीनकुमार अर्यालले अहिले उपत्यकामा पानी पर्ने मात्रा घटेको भए पनि केही समयपछि अथवा आज साँझ र राति पनि पानी पर्ने सम्भावना भएको बताए। उनले खोला किनारका बस्तीहरु जोखिममा रहेकाले सतर्कता अपनाउन पनि अनुरोध गरेका छन्।

मौसमविद् अर्यालले भोलिदेखि भने मौसम सुध्रने बताएका छन्। बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र स्थानीय वायुको मिश्रण हुँदा उपत्यकासहित बागमतीमा परिरहेको र यो सुध्रने क्रममा रहेको उनले बताए।

अर्यालका अनुसार अहिले बागमतीसहित लुम्बिनी प्रदेशको केही जिल्लाहरुमा पनि हल्का पानी परिहरहेको छ। अन्य स्थानमा भने अहिले वर्षा रोकिएको छ। गएराति बागमती, गण्डकी र लुम्बिनीमा मध्यम वर्षा भएको तथा काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरको नगरकोट १२१ मिलिमिटर, नुवाकोटको ककनीमा ६२ मिलिलिटर, काठमाडौंको सुन्दरीजलमा ८५ मिलिलिटर, बबरमहलमा ७८ मिलिलिटर र बुढानिलकण्ठमा पनि ७८ मिलिलिटर वर्षा मापन गरिएको छ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। मौसमविद् अर्यालका अनुसार भोलिदेखि मौसम सुध्रने भए पनि सेप्टेम्बरको अन्त्य तथा अक्टोबरको शुरुवातसम्म ठाउँ ठाउँमा खण्डित वर्षाको सम्भावना रहेको छ।

गएरातिदेखि काठमाडौं उपत्कायका तीन जिल्लासहित बागती प्रदेशका धेरै भागमा भएको भारी वर्षाका कारण नदी तथा खोलानामा आएको बाढीले भौतिक क्षति पुर्याएको अनुमान गरिएको छ। काठमाडौंको बागमती र विष्णुमती नदीले किनारामा रहेका वस्तीमा ठूलो भौतिक क्षति पुर्याएको छ।

विष्णुमती किनारको डल्लु क्षेत्रमा राति बाढी पसेपछि स्थानीय तथा व्यापारीहरुको गोदाममा ठूलो क्षति पुर्याएको बताइएको छ। उक्त क्षेत्रमा गएराति विष्णुमती पसेको थियो। बिहानसम्म पनि बाढीका कारण डुबानमा परेपछि त्यस क्षेत्रमा रहेका पसल तथा गोदाममा क्षति पुगेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved