विश्वकप छनोट

खेलाडीले नियम तोड्दा अर्जेन्टिना र ब्राजिलबीचको खेल स्थगित

नेपाल भ्युज

खेलाडीले नियम तोड्दा अर्जेन्टिना र ब्राजिलबीचको खेल स्थगित

एजेन्सी। विश्वकप छनोट अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीचको गएरातिको खेलाडीका कारण स्थगित भएको छ। खेल शुरु भएकाे केही समयमा नै साओ पाउलोको मैदानमा प्रहरी छिरेर खेल स्थगित गराएका हुन्।

अर्जेन्टिनाका केही खेलाडीले ब्राजिलको क्वारेन्टिन नियम तोडेको भन्दै खेल स्थगित भएको हो। अर्जेन्टिनाका तीन खेलाडीले क्वारेन्टिन नियम मिचेका कारण खेल रोकिएको हो।

ब्राजिलमा इङ्गल्याण्डमा खेल्ने हरेक खेलाडीले १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ। सोही नियम पालना नगरेका कारण हेल्थ अथोरिटीका कर्मचारीले इमिलियानो बुइन्डिया, इमिलियानो मार्टिनेज, गियोभानी सिल्सो र क्रिस्टियन रोमेरोले नियम पालना नगरेको भन्दै खेल स्थगित गराएका हुन्।

रोकिएको खेलको विषयमा अब उक्त खेलका रेफ्री र म्याच कमिस्नरले फिफाको अनुशासन कमिटीलाई रिपोर्ट बनाएर पेस गर्नेछन्। खेल रोकिएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले नै खेलाडीलाई टनेलमा लगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved