कांग्रेस १४ औँ महाधिवेशन

झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व चयन

नेपालभ्युज

झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व चयन

झापा। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन्। पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ५५ वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको हो।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेका अन्य वडामा अधिवेशन जारी रहेको छ। झापामा मात्रै कांग्रेसका ३३ हजार बढी क्रियाशील सदस्य छन्।

जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेका वर्तमान उपसभापति राम कट्टेल वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। मेचीनगर १० बाट उनीसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएका प्रचार प्रमुख हुमागाईले बताए।

मेचीनगरका ८, बुद्धशान्तिका ४, विर्तामोडका ६, अर्जुनधाराका ५, कनकाईका ४, झापा गाउँपालिकाका ७, शिवसताक्षीको ३, कमलको १, गौरादहको २, गौरीगञ्जका २, भद्रपुरका ३ र बाह्रदशीका ४ वटा वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो।

क्षेत्र नं १ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको तथा अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved