भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, तेस्रो लहरको संकेत

नेपालभ्युज

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, तेस्रो लहरको संकेत

भारतमा कोरोनाको आँकडाले तेस्रो लहरको शुरुआतको संकेत गरेको छ। भारतभर बितेको २४ घण्टामा ४२ हजार ६६७ जना नयाँ संक्रमित फेला परेका छन्।

जहाँ ३६ हजार ४२२ जना संक्रमणमुक्त हुँदा ३४२ जनाको मृत्यु भएको छ। यस्तै सक्रिय संक्रमितहरू अर्थात् उपचाररत कोरोनाका बिरामीको संख्या यो अवधिमा ५ हजार ८९८ ले बढेको छ।

भारतभर अहिले पनि करिब ४ करोड मानिसको कोरोना उपचार चलिरहेको छ। बितेको ९ दिनमा ४० हजार जनामा संक्रमण पाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

२४ अगस्टदेखि अर्थात् यो १२ दिनमा भारतभर कोरोना संक्रमण बढिरहेको छ। २३ अगस्टमा परीक्षण गर्दा प्रत्येक ३०० मा ४ जनामा संक्रमण पाइएको जनाइएको छ। तर अहिले यही संख्यामा जाँच गर्दा ८ जनामा कोरोना देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतभर हालसम्म ३ करोड ३० लाख जनसंख्यामा संक्रमण फैलिसकेको छ भने ४ लाख ४० हजार मानिसको ज्यान गइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved