केपी ओलीलाई ज्वरो आयो, भेटघाट बन्द

नेपाल भ्यूज

केपी ओलीलाई ज्वरो आयो, भेटघाट बन्द

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। पार्टी विभाजनपछि निरन्तर राजनीतिक कार्यक्रममा सहभागी भएका ओली बिरामी परेका हुन्।

ओलीलाई ज्वरो आएको र मौसमी फ्लूको लक्षण देखिएको सचिवालयले बतायो। ओलीको स्वास्थ्यमा समस्या देखिएसँगै शनिबार तय भएका भेटघाट तथा कार्यक्रमहरु रोकिएको छ।

राजनीतिक दौडधुपका कारण ओली अस्वस्थ भएको हुनसक्ने भन्दै उनको नियमित भेटघाट रोकिएको सचिवालयले जनाएको छ। अध्यक्ष ओलीले आज एमालेले काठमाडौं महानगरपालिको महानगरस्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम थियो।

यसअघि, नेकपा एमाले फुटाएर माधव कुमार नेपालले नेकपा (एकीकृत समाजवादी) बनाएपछि दोस्रो तहका नेताहरुलाई एमालेमै रोक्न तथा पार्टी एकताका लागि ओलीको दौडधुप निकै बढेको थियो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved