देखिन थाल्याे ‘स्क्रब टाइफस’काे संक्रमण

कोभिड-१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखाला लाग्ने, सास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

नेपालभ्युज

देखिन थाल्याे ‘स्क्रब टाइफस’काे संक्रमण
सांकेतिक तस्वीर

काठमाडौं। नेपालमा कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको बताएका छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेका छन्। कोभिड-१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखाला लाग्ने, सास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो। प्रवक्ता डा. अधिकारीका अनुसार स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सो लगायतमा संक्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टिअर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्छ।

मन्त्रालयले कोभिड-१९ सँग मिल्दोजुल्दो भएका व्यक्तिले कोभिड-१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ। स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने बताए। मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीर रुप लिन सक्ने भन्दै सचेत रहन आग्रह पनि गरेको छ।

संक्रमणबाट कसरी बच्ने ?
किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने।

घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्ने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved