पारा ओलम्पिकमा पलेशा पदक नजिक

गोवर्दनले शुक्रबार रेपेचेज तर्फको क्वाटरफाइनल खेलमा अमेरिकाकी ब्रायना सालनारोलाई १०-० ले पराजित गरिन्।

नेपालभ्युज

पारा ओलम्पिकमा पलेशा पदक नजिक

काठमाडौं। पलेशा गोवर्द्धन  टोकियो पारा ओलम्पिक २०२० मा पदक नजिक पुगेकी छन्। तेक्वान्दोको कास्य पदकका लागि भएको रेपेचेज तर्फको खेलमा गोवर्द्धन फाइनल चरणमा प्रवेश गरेकी हुन्।

गोवर्दनले शुक्रबार रेपेचेज तर्फको क्वाटरफाइनल खेलमा अमेरिकाकी ब्रायना सालनारोलाई १०-० ले पराजित गरिन्। त्यसैगरी उनले शुक्रबार नै भएको सेमिफाइनलमा सर्भियाकी मारिया मिसेभलाई २३-१५ले हराउँदै फाइनलको यात्रा तय गरिन्।

कास्य पदकका लागि अब फाइनलमा गोवर्द्धनको भेट चीनकी युजि लीसँग हुनेछ।

बिहीबार गोवर्द्धन ५८ केजी तौल समूहको के-४४ विधाको स्वर्ण पदक प्रतिस्पर्धामा पहिलो चरणमै पराजित भएकी थिइन्। उनलाई बेलायतकी बेथ मुन्द्रोले २१-८ को नतिजामा हराएकी थिइन्।

त्यसपछि पलेशाले कास्य पदकका लागि रेपेचेजतर्फ क्वाटरफाइनलमा प्रतिस्पर्धा गरेकी हुन्।

जापानमा आयोजना भइरहेको पारा ओलम्पिक २०२० गोवर्द्धन नेपालकी एक मात्र सहभागी खेलाडी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved