रवीन्द्र मिश्र पक्षको बैठक

पार्टीभित्र समानान्तर गतिविधि गर्नेलाई कारबाही

नेपालभ्युज

पार्टीभित्र समानान्तर गतिविधि गर्नेलाई कारबाही

काठमाडाैं । विवेकशील साझा पार्टीको आज बसेको बैठकले अवैध र समानान्तर गतिविधि सञ्चालन गरी पार्टी हितविपरीत क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यलाई त्यस्ता गतिविधि रोक्न कडा निर्देशन दिएको छ।

पार्टी संयोजक रवीन्द्र मिश्रको अध्यक्षता आज भर्चुअल बैठक बसेको हो। त्यसरी अवैध र समानान्तर गतिविधिमा संलग्न भए वा त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरिएको पार्टीक प्रवक्ता शरदराज पाठकले जनाए।

त्यस्तै, सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यलाई पनि त्यस्तो नगर्न सचेत गराइने पाठकले बताए।

पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गरिने पनि बैठकले निर्णय गरेको छ।
त्यसैगरी  बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष मिश्रले पेस गर्ने निर्णय पनि गरेको जनाइएको छ।

पार्टीको आगामी बैठक ‍एक साताभित्र अध्यक्षले आह्वान गर्ने जनाइएको छ।

पार्टीभित्रको विवादकै कारण अध्यक्ष मिश्र र संयोजक पाण्डेले एकै दिन फरक फरक समयमा केन्द्रीय समितिको बैठक बोलाएका थिए। अध्यक्ष मिश्रले आज बिहीबार दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएका थिए भने पाण्डेले काउन्टर दिँदै बिहानै ११ बजे बैठक गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved