पहिलो हाफमा भारतविरुद्ध नेपाललाई अग्रता

नेपाल भ्युज

पहिलो हाफमा भारतविरुद्ध नेपाललाई अग्रता

काठमाडाैं । भारतविरुद्ध जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ। नेपालका अन्जन विष्टको गोलको मद्दतमा नेपालले अग्रता लिएको बनाएको हो।

उनले खेलको ३६ औं मिनेटमा गोल गरेका हुन्। नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा भेट भएको हो।

विष्टले डिबक्सभित्र खाली ठाउँ धेरै भेट्टाउँदा भारतीय गोलरक्षक गुरप्रीत सिंह आफ्नो लाइनबाट बाहिर आएका थिए। र अन्जनले समय लिएर खाली जालीभित्र शान्तपूर्वक गोल गर्न सफल हुन्छन्।

भारतसँग नेपालले हालसम्म १९ अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा दबदबा भारतकै छ। भारतविरुद्ध नेपालले मात्र दुई पटक जित निकाल्न सकेको छ।

 

तस्वीर : इन्डियन फुटबल टिम, ट्वीटर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved