१५ प्रतिशतलाई खोप दिन सकेकोमा डब्ल्यूएचओले नेपाललाई बधाई दियो

नेपालभ्युज

१५ प्रतिशतलाई खोप दिन सकेकोमा डब्ल्यूएचओले नेपाललाई बधाई दियो

काठमाडौं । छोटो समयमै नेपालले १५ प्रतिशत जनसंख्यामा कोरोनाविरुद्ध खोप लगाउन सफल भएकोमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बधाई दिएको छ।

नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै १५ प्रतिशतलाई कोरोनाविरुद्ध पूर्ण खोप दिन सफल भएकोमा विश्व स्वास्थ्य संगठनका दक्षिण-पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले बधाई दिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म १ करोड ९२ हजार १ सय ६४ जनाले खोप लगाइसकेका छन्। हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन्।

यसमा पहिलो डोज ५४ लाख २४ हजार ८ सय ३६ जनाले र ६४ दाख ६७ हजार ३ सय २८ जनाले पूर्ण खोप लगाएका हुन्।

सरकारले असोज अन्तिमसम्म एक तिहाइ जनतालाई खोप पुर्‍याउने लक्ष्य लिएको छ। नेपालमा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका र जोनसनको खोप लगाइएको छ।

नेपालमा कोरोना संक्रमण फैलिएको एक वर्ष अर्थात् गत माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्ध खोप लगाउन थालिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved