ईपीएलका लागि चितवन टाइगर्सको टिम घोषणा

नेपालभ्युज

ईपीएलका लागि चितवन टाइगर्सको टिम घोषणा

काठमाडौं। एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को एक टिम चित्तवन टाइगर्सले नयाँ सिजनका लागि विदेशी खेलाडीसहित टिम सार्वजनिक गरेको छ।

नेपाली राष्ट्रिय टिमका ‘पेस बलर’ सोमपाल कामीको कप्तानीमा चितवनले बुधबार २० सदस्यीय टिम घोषणा गरेको हो।

पाँच विदेशी खेलाडी रहेको टिमका प्रमुख प्रशिक्षक सामसन जंग थापा छन्। टिममा कामीसँगै नेपाली क्रिकेटका अन्य चर्चित नाम कमल सिंह ऐरी, शाहब आलम, ललितसिहं भण्डारी, राजेश पुलामी मगर, भीम सार्की आदि जोडिएका छन्।

त्यसैगरी स्टार विदेशी खेलाडीका रुपमा श्रीलंकन अलराउण्डर शेकुगे प्रसन्न र अफगानी विकेट किपर ब्याट्सम्यान मोहमद शाहजाद पनि टिममा छन्।

आईडीएस ग्रुपको स्वामित्वमा रहेको चित्तवन टाईगर्सलाई अब ‘प्रभु पे’ ले प्रमुख प्रायोजन गर्ने भएको छ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग अर्को महिना काठमाडौंमा आयोजना हुँदै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved