पहिरोमा परेर तीनको मृत्यु, एक बेपत्ता

नेपालभ्युज

कास्की। अविरल वर्षाका कारण आएको पहिरोमा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ। पहिरोमा एक बालक बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्।

लगातारको वर्षापछि गएराति आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका-२० भलाममा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ रहेका छन्।

पहिरोमा परी उनीहरुका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन्। पहिरोमा परेर घाइते आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले जानकारी दिए।

त्यसैगरी पोखरा-११ भञ्ज्याङ नमूना टोलमा पहिरोले घर पुरिँदा घाइते ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी घाइते भएका अन्य दुई जनाको उपचार भइरहेको छ।

प्रहरीका अनुसार पोखरा-११ काँहुमा पहिराले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन्। अहिले घटनास्थलमा स्थानीय, प्रहरी र विभिन्न संघसंस्थाको सहयोगमा उद्धार कार्य भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved