बार्सिलोनामा अन्सु फातीले पाए मेस्सीको जर्सी नम्बर

नेपालभ्युज

बार्सिलोनामा अन्सु फातीले पाए मेस्सीको जर्सी नम्बर

एजेन्सी। स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्शु फातीले लियोनेल मेस्सीले प्रयोग गरेको जर्सी नम्बर १० पाएका छन्। यसै सिजन मेस्सीले क्लब छाडेपछि उनको जर्सी नम्बर १० फातीले पाएका हुन्।

बार्सिलोनामा आफ्नो डेब्यू खेलमै खास प्रभाव छाडेका फातीलाई क्लबको भविष्यको रुपमा फुटबल विश्लेषकहरुले चित्रण गर्दै आएका छन्। २२ नम्बर जर्सी लगाउँदै आएका फाती चोटका कारण लामो समयदेखि मैदानबाहिर छन्।

बार्सिलोनामा सम्झौता अवधि सकिएपछि ६ पटकका बलोन डिओर विजेता मेस्सी फ्री एजेन्टको रुपमा लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका छन्।

बार्सिलोनका लागि १० नम्बर जर्सीमा मेस्सीले धेरै रेकर्डहरु बनाएका छन्।

क्लबका सर्वाधिक सफल खेलाडीले लगाएको आइकोनिक जर्सी नम्बर फातीले पाएसँगै उनका जिम्मेवारी पनि थपिएको छ। क्लबले १० नम्बरका लागि फातीलाई रोज्नुमा उनीमाथि निकै आशा रहेको बुझ्न सकिन्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved