सुनसरीमा एक वडाध्यक्षको निधन

नेपालभ्युज

सुनसरीमा एक वडाध्यक्षको निधन
सांकेतिक तस्वीर

सुनसरी। सुनसरीमा एक वडाध्यक्षको निधन भएको छ। जिल्लाको गढी गाउँपालिका-१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको हो।

वडाध्यक्ष चौधरीको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए।

चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए। चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्।

चौधरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्षको निधनमा गाउँपालिकाले आज बिहीबार शोक बिदा दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved