एजेन्सी। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा नयाँ कीर्तिमान बनाएका छन्। रोनाल्डोले अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन्।
पोर्चुगलको राष्ट्रिय टिमका लागि रोनाल्डोले १११ गोल गर्दै सार्वधिक गोलको नयाँ कीर्तिमान आफ्नो नाममा गरेका हुन्। उनले इरानका फुटबलर अली देईको नाममा रहेको कीर्तिमान आफ्नो नाममा सारेका हुन्।
विश्वकप छनोटको खेलअन्तर्गत रिपब्लिक अफ आयरल्याण्डविरुद्ध दुई गोल गर्दै रोनाल्डोले अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन्। ५ पटकका बलुन डिओर विजेताको प्रेरणामा पोर्चुगलले आयरल्याण्डविरुद्ध २–१ गोलअन्तरको जित निकालेको थियो।
भर्खरै सिरी ए क्लब युभेन्टरबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा पुगेका ३६ वर्षीय रोनाल्डोले कीर्तिमान बनाएकोमा आफू खुशी भएको प्रतिक्रिया दिएका छन्। रोनाल्डो युरोपेली क्लब फुटबलका पनि सर्वाधिक गोलकर्ता हुन्।
यसअघि, अली दाइले इरानका लागि सन् १९९३ देखि २००६ सम्म अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गरेका थिए। रोनाल्डोले युरो २०२० मा पोर्चुगलको तर्फबाट खेल्दै उक्त कीर्तिमानलाई बराबरी गरेका थिए।