नर्भिकमा उपचाररत कलाकार निशा घिमिरेको मृत्यु

नेपालभ्युज

नर्भिकमा उपचाररत कलाकार निशा घिमिरेको मृत्यु

काठमाडाैं । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ।

उपचार क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु घिमिरेको भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ।

नर्भिक अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले झण्डै तीन महिनाअघि मोडल घिमिरेको उद्धार गरेकी थिइन्। लाखौँ खर्च गरेर महिनौँसम्म उपचार गर्दा पनि घिमिरेको स्वास्थ्यमा खासै सुधार नआएको अस्पतालले बताएको थियो।

अस्पतालले मंगलबार घिमिरेको स्वास्थ्यमा सुधार नभएको बताएको थियो। अस्पताल ल्याएको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षण देखिएको थियो। तर नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसक्दासमेत स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको थियो।

हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध सञ्चालक मेघा चौधरीले नै व्यक्तिगत रूपमा प्रायोजन गर्दै आएको छ। उनको उपचारमा ५० लाखभन्दा बढी रकम खर्च भइसकेको अस्पतालले जनाएको थियो।

को हुन् निशा

भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’ लगायत केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोकदोहोरी गीत ‘सानु माया हाँसेर बोल’, ‘ट्याक्सी मोटर कार’, ‘आज निष्ठुरीको फोटो’जस्ता करिब दुई दर्जन बढी म्यूजिक भिडियोमा मोडलिङ गरेकी छन्।

नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्न करिब ३ वर्षअघि भारतको देहरादून पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्।

ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको थियो।

यो पनि पढ्नुहोस् 

आधा करोड सकियो, उस्तै छ निशाको अवस्था

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved