दलित समुदायलाई पाखा लगाएको भन्दै मीन विश्वकर्माले दिए दुवै पदबाट राजीनामा

नेपालभ्युज

दलित समुदायलाई पाखा लगाएको भन्दै मीन विश्वकर्माले दिए दुवै पदबाट राजीनामा

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले पार्टीको दुवै पदबाट राजीनामा दिएका छन्। विश्वकर्माले पार्टीभित्र दलित समुदायलाई पाखा लगाउने काम भएको भन्दै राजीनामा दिएका हुन्।

विश्वकर्माले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोटका क्रममा पार्टीमा दलितहरुको स्थान सुरक्षित गराउन नसकेको भन्दै राजीनामा दिएका हुन्। उनले सभापति शेरबहादुर देउवाले आफैले प्रारम्भ गरेको “कदमजम” सिद्धान्तलाई समेत पालना नगरेर दलितलाई उपेक्षा गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

यसअघिको प्रावधान अनुसार पार्टीमा कम्तिमा ८.५ प्रतिशत दलितको प्रतिनिधित्व हुँदै आएकामा अहिले विधानको गलत व्याख्या गर्दै बनाइएको असमावेशि निर्वाचन निर्देशिकाकाले मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्ने देखिएको विश्वकर्माले बातएका छन्।

विश्वकर्माले राजीनामापत्रमा लेखेका छन्, ‘‘पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दादेख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागु हुँदा दलदल हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकोले आजैका मितिदेखि लागु हुनेगरी उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु।”

विश्वकर्माले आफू पार्टीको सिद्धान्त, नीति र आदर्शप्रति प्रतिवद्ध रहेर न्याय, समानता र स्वतन्त्रताका लागि सधैं लडिरहने पनि प्रण गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved