नेपाल भर्सेस भारत

खुल्यो दर्शकलाई रंगशाला प्रवेशको ढोका

नेपालभ्युज

खुल्यो दर्शकलाई रंगशाला प्रवेशको ढोका
फाइल फाेटाे

काठमाडौं। नेपाल र भारतबीच हुने मैत्रीपूर्ण फुटबलका दुवै खेल दर्शकले रंगशालामै हेर्न पाउने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र भारतबीचको खेलमा स्वास्थ्य मापदण्ड पूरा गरेर दर्शकलाई प्रवेश अनुमति दिइने बताएको छ।

नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा फुटबल खेल हुन लागेको छ। यसअघि, दुवै मैत्रीपूर्ण खेलमा दर्शकलाई रंगशाला प्रवेशको अनुमति नदिइने बताइएको थियो। तर, एन्फाले आज बुधबार दर्शकसहित खेल हुने बताएको हो।

एन्फाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर बुधबार साँझ हुने पहिलो खेलका लागि ५ हजार १०० दर्शकलाई रंगशालामा उपस्थित भएर खेल हेर्न दिने भएको हो।

नेपाल-भारत मैत्रीपूर्ण खेल : रंगशाला दर्शकविहीन हुने !

रंगशाला प्रवेशका लागि दर्शकले केही शर्तहरु पूरा गर्नुपर्ने एन्फाले जनाएको छ। नेपाल र भारतबीचको खेल हेर्न रंगशला प्रवेशका लागि दर्शकले पिसिआर परीक्षणको नतिजा नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने अथवा कोरोना खोपको दुवै मात्रा लिएको हुनुपर्ने एन्फाले जनाएको छ।

एन्फाले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार रंगशालामा दर्शक प्रवेशका लागि पाँच वटा गेट प्रयोग गरिने छ। नेपाल र भारत पछिल्लोपटक सन् २०१५ मा विश्वकप छनोटको दोस्रो खेलमा दशरथ रंगशालामा भिडेका थिए। जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved