डल्लु पुगेर झलनाथलाई भेटे प्रचण्डले

नेपालभ्युज

डल्लु पुगेर झलनाथलाई भेटे प्रचण्डले

काठमाडौं। भारतमा उपचारपछि स्वेदेश फर्किएका पूर्वप्रधानमन्त्ती तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन्। प्रचण्डले खनाल निवास डल्लुमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

भारतको दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएर गत सोमबार स्वदेश फर्किएका खनाललाई भेटेर प्रचण्डले स्वास्थ्यलाभको कामना गरेका हुन्।

आफ्नै निवास डल्लुमा आराम गरिरहेका खनाललाई भेटेर प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिका विषयमा पनि छलफल गरेका बताइएको छ।

भेटका क्रममा प्रचण्डले सरकारलाई पूर्णता दिने विषयमा पनि खनालसँग छलफल गरेका छन्। प्रचण्ड र खनालबीच कम्युनिस्ट एकता र गठबन्धनलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved