गगन थापाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

नेपालभ्युज

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा आयेजित एक कार्यक्रममा थापाले यसबारे घोषणा गरेका हुन्।

अघिल्लो महाधिवेशनमा पनि थापा महामन्त्रीको उम्मेदवार बनेका थिए। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट यसअघि उम्मेदवारी दिएका थापाले १४ औं महाधिवेशनमा आफू कुनै गुटमा नलाग्ने र सर्वसम्मत उम्मेदवार बन्ने पनि बताए।

मंसिरको ९ देखि १२ गते नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसँगै कांग्रेसमा उम्मेदवारी घोषणाको होडबाजी सुरु भएको छ।

उपसभापति विमलेन्द्र निधिले अघिल्लो हप्ता मात्रै सम्पर्क कार्यलय खोल्दै सभापतिको उम्मेदवारी दिने घोषणा गरेका थिए। निधिबाहेक अन्य नेताहरू पनि सम्पर्क कार्यलयहरू खोलेर महाधिवेशनलक्षित कार्यक्रम गर्न थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved