राप्ती अस्पताल प्रकरण : डा. सिंहमाथि दुर्व्यवहार गर्ने २ जना प्रकाउ

नेपालभ्युज

राप्ती अस्पताल प्रकरण : डा. सिंहमाथि दुर्व्यवहार गर्ने २ जना प्रकाउ

दाङ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा.विनोद सिंहमाथि दुर्व्यवहार गर्ने व्यक्ति प्रकाउ परेका छन्। जिल्ला प्रहरीका कार्यालयबाट खटिएको टोलीले डा. सिंहमाथि दुर्व्यवहार गर्ने २ जनालाई पक्राउ गरेको हो।

कोरोना माहामारीबीच अग्रभागमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने मुख्य आरोपी २ जनालाई दाङ प्रहरीले पक्राउ गरी स्वास्थ्यकर्मीहरुको सुरक्षासम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दायर गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।

यसअघि, भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएपछि बढीमा ५ वर्षसम्म कैद सजाय हुने गरी सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षासम्बन्धी अध्यादेश २०७८ ल्याएको थियो। यससँगै, नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीहरुको सुरक्षासम्बन्धी अध्यादेश बमोजिम मुद्दा दायर भएको छ।

डा.सिंहलाई दुर्व्यवहार गर्ने बाँकी ४ जना फरार अभियुक्तलाई समेत दाङ प्रहरीले शीघ्र पक्राउ गरी कानुनको कठघरामा उभ्याउने प्रजिअ कुरुम्बाङले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved