थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको निधन

नेपालभ्युज

थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको निधन

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार देशभर थप २ हजार २९५ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ८९२ जनामा पिसिआर र ४ हजार ३४१ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। सोही परीक्षणबाट उक्त मात्रामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या सात लाख १४ हजार ५२० पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १० हजार ७३० पुगेको छ।

अहिले देशभर ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३३ हजार ३३३ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा २ हजार ५४१ संक्रमित छन् भने ५६८ जना आइसीयूमा र १६० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved