माधव नेपालले धोखा दिएको भन्दै प्रदीप नेपालले छाडे एकीकृत समाजवादी

नेपाल भ्युज

माधव नेपालले धोखा दिएको भन्दै प्रदीप नेपालले छाडे एकीकृत समाजवादी

काठमाडौं। नेकपा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनेसँगै त्यता लागेका प्रदीप नेपालले नयाँ पार्टी पनि छाडेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धोखा दिएको भन्दै उनले पार्टी छाडेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रदीप नेपालले आफूले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबाट धोका पाएको उल्लेख गर्दै आफू उक्त पार्टीमा नरहेको बताएका हुन्।

आफूले पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्दै नयाँ पार्टीमा गएको र त्यहाँ पनि धोखा भएपछि निस्कनुपरेको उनले उल्लेख गरेका छन्।

एमाले फुटेर बनेको नयाँ दल एकीकृत समाजवादी दर्ता गर्न निर्वाचन आयोगले सनाखत गर्ने समयमा आयोग पुगेका नेपाल पार्टीले जबज नस्विकार्ने भएपछि पार्टीमा नबस्ने भएका हुन्। माधव नेपालले पनि ओलीबाट झेली गर्न सिकेको भन्दै आफ्नो साथ नहुने नेपालले बताएका हुन्।

नेपालले लेखेका छन्, “माधव कमरेड, म केपीसँग जान्नँ। किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ।”

उनले माधव नेपालसँगको बारम्बारको कुराकानीमा आफूले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको भन्दै अन्त्यमा नयाँ पार्टी एकीकृत समाजवादी र अध्यक्ष माधव नेपालबाट धोका पाएर निक्नुपरेको बताएका छन्।

नेपालले लेखेका छन्, “आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। बिदा।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved