लगनखेलमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

नेपालभ्युज

लगनखेलमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडाैं। लगनखेलस्थित रिभाइभ लिजरपार्कको स्थापनाको उपलक्ष्यमा ‘प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ आयोजना हुने भएको छ।

कोभिडबाट प्रभावित खेललाई यस प्रतियोगिताले केही रिफ्रेस बनाउने विश्वास गरिएको छ।

१ असोज देखि ५ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेटरान्स युगल गरी ४ विधामा खुला प्रतिस्पर्धा गराइने छ।

नारायणी नदीले पार गर्‍यो सतर्कता तह, आसपासका बस्ती उच्च जोखिममा

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरू, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरूलाई पनि सहभागी गराइनेछ। च्याम्पियनसिपमा ३०० बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएका छन्।

सोही क्रममा नेपालका लागि अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रमसमेत रहने जनाइएको छ।

लगनखेलस्थित आफ्नै कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपका दौरान कोभिड १९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालाना गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियल र अत्यावश्यक व्यक्तिलाई मात्र हलमा प्रवेशको व्यवस्था गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved