कोरोना अपडेट : १३८८ संक्रमित थपिँदा २०८६ जना संक्रमणमुक्त

नेपालभ्युज

कोरोना अपडेट : १३८८ संक्रमित थपिँदा २०८६ जना संक्रमणमुक्त
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार देशभर थप १ हजार ३८८ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ७ हजार २५९ जनामा पिसिआर र ३ हजार ३८ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। सोही परीक्षणबाट उक्त मात्रामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या सात लाख १२ हजार ७१२ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १० हजार ७१४ पुगेको छ।
अहिले देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३२ हजार ७४४ होम आइसोलेसनमा रहेका छन्।
संस्थागत आइसोलेसनमा तीन हजार ५२ संक्रमित छन् भने ६२५ जना आइसीयूमा र १६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved