एमाले र जसपाका जनप्रतिनिधिले २२ भदौसम्म दल छानिसक्नुपर्ने

नेपालभ्युज

एमाले र जसपाका जनप्रतिनिधिले २२ भदौसम्म दल छानिसक्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ।

आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो।

नवगठित एकीकृत समाजवादी र लोसपामा जान चाहने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार आयोगले समय निर्धारण गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved