सर्लाहीमा चापाकल चलाउन खोज्दा करेन्ट लागेर मृत्यु

नेपालभ्युज

सर्लाहीमा चापाकल चलाउन खोज्दा करेन्ट लागेर मृत्यु
प्रतिकात्मक तस्वीर।

काठमाडाैं। सर्लाहीको चन्द्रनगरमा चापाकल चलाउन खोज्दा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।

आइतबार चन्द्रनगर गाउँपालिका–६ बस्ने ५० बर्षका नागेश्वर मण्डलको आफ्नै घरमा रहेको चापाकल चलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो।

पानी तान्ने मोटर जडान भएको चापाकलबाट करेन्ट लागेर गम्भीर भएका मण्डललाई तत्काल जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

पानी तान्ने मोटरबाट करेन्ट लिक भएको चापाकल चलाउन खोज्दा मण्डललाई करेन्ट लागको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved