कोरोना अपडेट : २४ सय संक्रमित थपिँदा १ हजार संक्रमणमुक्त

नेपालभ्युज

कोरोना अपडेट : २४ सय संक्रमित थपिँदा १ हजार संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४३३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभरका विभिन्न प्रयोगशालामा कुल १४ हजार ३७४ नमुना मध्ये ९ हजार ७०२ नमुनाको पीसीआर र ४ हजार ६७२ नमुनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित १० हजार ६३८ जनाले मृत्युवरण गरेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved