एक सफल शिक्षक बन्नका लागि यी हुन् आवश्यक गुणहरु

नेपालभ्युज

एक सफल शिक्षक बन्नका लागि यी हुन् आवश्यक गुणहरु
सांकेतिक तस्बिर

शिक्षा एक सिकाइको प्रक्रिया हो, जसको प्रमुख भूमिकामा शिक्षक रहेका हुन्छन् । तर, हरेक शिक्षक शिक्षण सिकाइका सबालमा अब्बल हुँदैनन् । एउटा असल शिक्षक हुनका लागि शिक्षकहरुमा विभिन्न गुणहरु हुनुपर्दछ ।

एक सफल शिक्षक बन्नका लागि बदलिँदो समय र प्रविधिमा अपडेट रहनुपर्छ । शिक्षकहरु आफैंमा विविध हुन सक्छन् । विद्यार्थीको सफलताका लागि शिक्षकको योगदान महत्वपूर्ण हुन्छ ।

सर्वश्रेष्ठ शिक्षक बन्ने केही उपायहरु यसप्रकार रहेका छन् :-

तयारी
शिक्षकलाई आफूले अध्यापन गराउने विषयबारे थाहा हुनु जरुरी छ ।
असल शिक्षकले आफ्ना योजना र अध्यापनका लागि दैनिक पाठ तयार गर्दछ ।

समयनिष्ठता
असल शिक्षक विद्यालय र कक्षाकोठामा सधैं समयमा आउँछ ।
कक्षामा पठनपाठन समयमा सुरु र समाप्त गराउँछ ।
विद्यार्थीहरुलाई समयमा आउनका लागि प्रोत्साहित गर्दछ ।

समर्थन र चिन्ता
असल शिक्षकले विद्यार्थीहरुसँग समय लिन्छ ।
विद्यार्थीहरुलाई रचनात्मकताको लागि अनुमति दिन्छ ।
विद्यार्थीमैत्री वातावरण सिर्जना गर्छ र विनम्र बन्छ ।
सहयोगी र उत्साहजनक प्रस्तुति रहन्छ ।

शिष्टाचार
एउटा असल शिक्षकले विद्यार्थीहरुलाई सम्मान गर्दछ ।
कक्षामा विद्यार्थीहरुलाई लाजमर्दो हुनबाट बचाउँछ ।
व्यक्तिगत विषयमा ध्यानसहित सहायता प्रदान गर्दछ ।
स्पष्ट बुझाइसहित व्यक्तिगत मतभेद स्वीकार गर्दछ ।
सिकाउने कार्यसँग रमाइलोको भाव सिर्जना गर्दछ ।
खराब बानी हटाउँछ, विद्यार्थीहरुको आलोचना गर्दैन ।
विद्यार्थीहरुको उच्च अपेक्षाहरु पूरा गर्दछ ।
नम्र र निष्पक्ष बन्छ ।
विविधताको उपयोग गर्दै सहजताको लागि अनुमति दिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved